
चौतारा, १७ चैत – नेपाल पत्रकार महासंघको २४ औँ अधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ अर्थात आगामी वैशाख २० र २१ गते काठमाण्डुमा गर्ने निर्णय भएको छ ।
सिन्धुपाल्चोकको गाती गाविसस्थित भोटेकोसी नदी किनारमा अवस्थित बोर्डल्यान्ड रिसोर्टमा आइतबार र सोमबार बसेको महासंघ केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
बैठकमा अधिकांश केन्द्रीय पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।