युनिटी अध्यक्षसहित १२ जनालाई ३ वर्ष कैद

काठमाण्डु टुडे २०७० चैत १७ गते १३:४६ मा प्रकाशित

kashiram_gurung_unityकाठमाण्डु, १७ चैत – जनताको करोडौं रकम ठगीको आरोपमा ललितपुर जिल्ला अदालतले युनिटी इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङसहित १२ जनालाई जेल सजायँ सुनाएको छ । 

जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले जनही १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ ५० पैसा जरिवानासहित ३ वर्ष कैदको फैसला सुनाएको हो ।

सजाय पाउनेहरुमा सञ्चालक विष्णु क्षेत्री, नेत्र राजवंशी, भीमबहादुर गुरुङ्, इन्द्र विश्वकर्मा, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर चन्दन, विश्वनाथ गौतम, गोविन्द ज्ञावाली र घनश्याम बस्ताकोटी छन् ।
 
यसैबीच सञ्चालक मध्ये कालु गुरुङ, जनक बराल र कृष्ण पाठकलाई सफाइ दिइएको छ ।
नेटवर्किङ कम्पनी सञ्चालन गरेर विभिन्न आश्वासन देखाई ठगी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रवन्ध निर्देशक विष्णु क्षेत्री फरार छन् । युनिटीले करिब ३ अर्ब ७९ करोड रुपैयाँ रकम उठाएर ठगी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us