रुसद्वारा जल, थल र हवाई सेना परिचालनमा तिव्रता

काठमाण्डु टुडे २०७० फागुन ३० गते ३:०६ मा प्रकाशित

काठमाण्डु,३० फागुन – युक्रेनको क्रिमिया प्रान्तलाई आफ्नो देशमा गाभ्न लालायित देखिएको रुसले सिमा क्षेत्रमा जल, हवाई तथा स्थल सेनाको तालिम तिब्र रुपमा अगाडी बढाएको छ ।
रुसी रक्षामन्त्रालयले आफ्नो सेना सिमा क्षेत्रमा तालिम गरिरहेको भए पनि यो युद्धको तयारी नगरेको दावी गरेको छ ।
रुसले उक्त अभ्यास मार्च अन्तसम्म जारी रहने बताएको छ । उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमा बिलय हुने मनसायले आगामी आईतबार गर्न लागेको जनमत संग्रह अमान्य हुने बताएका छन् ।
उनले रुसको चाहनाअनुसार गर्न खोजिएको जनमतसंग्रह आँफुलाई अस्वीकार्य हुने बताएका हुन् ।
युक्रेनका प्रधानमन्त्री अर्सेनी यातसेन्युकसंग भएको बैठकमा राष्ट्रपति ओबामाले उक्त जनमतसंग्रह गर्न नदिन अमेरिकाले साथदिने समेत आश्वासन दिएका छन् ।

उनले यो अन्तराष्ट्रिय कानूनबिपरित हुने सेमत बताएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us