
काठमाण्डु, २९ फागुन – प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद् आफैले आफ्ना लागि गरेका निर्णय उल्लघंन गरेको छ ।
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का २१ मन्त्रीले सम्पत्ति विबरण सार्वजनिक गर्ने निर्णय कार्यान्वयन नगरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले १३ फागुनमा मन्त्रिपरिषद् बिस्तार गरेसँगै बसेको पहिलो बैठकले १५ दिनभित्र मन्त्रिपरिषद्का सवै सदस्यले आफू र आफ्नो परिवारको नामको सम्पत्ति बिवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्का सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, ०५९को दफा ५० बमोजिम आफ्नो र परिवारको नाममा रहेको चल अचल सम्पत्तिको विबरण १५ दिनभित्र सार्वजनिक गर्ने निर्णय फागुन १३ मा भएको थियो ।
तर अहिलेसम्म कुनै पनि मन्त्रिको सम्पत्ति बिवरण उपलव्ध नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।