मोहन वैद्य भन्छन्, ‘यसरी हुनसक्छ प्रचण्डसँग पार्टी एकता’

काठमाण्डु टुडे २०७० फागुन २८ गते ९:३१ मा प्रकाशित

mohan 3 copyके गरेर समय बिताइरहनुभएको छ ?
पार्टी काममा छु । जिल्लाहरुका सम्मेलनमा गइरहेको छु । नेता कार्यकर्ता र जनतासँग भेटघाट गर्छु यसरी नै बितेको छ ।

संविधानसभा बाहिर बसेर पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
यसबारे हामीले धेरै कुरा बताइसकेका छौं । हामी पनि संविधानसभामार्फत जनताको संविधान बनाउनुपर्छ भनेरै यहाँसम्म आएको हो । तर त्यो परिस्थिति देखिएको छैन । हामीले त चुनावै बहिस्कार गरेको हुनाले संविधानसभाबाहिरै छौं ।

एकीकृत माओवादी संविधानसभाभित्र रहेको भए पनि त्यसको कुनै अर्थ छैन । किनभने परिर्वतनविरोधी शक्तिको दुई तिहाई छ । जनताको हातबाट संविधानसभा खोसियो । त्यसैले जनताको संविधान निर्माणका लागि फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको छ ।

भनेपछि संविधानसभाबाट तपाइंहरुले चाहेजस्तो संविधान बन्दैन ?
संविधानसभाको जुन बनोट छ, त्यो हेर्दा जनताको पक्षमा संविधान बन्ने देखिंदैन ।

प्रधानमन्त्रीले तपाइंहरुसहित संविधानसभाबाहिर रहेका शक्तिलाई पनि सहमतिमा ल्याएर अघि बढ्ने बताउनुभएको छ, जानुहुन्छ त ?
उहा“ले भनेको मिडियामार्फत सुनेको हुँ, तर औपचारिक रुपमा सरकारका तर्फबाट केही आएको छैन । हामी कसरी त्यो प्रक्रियामा जान सक्छौं र ? निर्वाचनका बेला हामीले अघि सारेका मागहरुलाई सम्बोधन नगरेर बाटो छेकियो र हामीले बहिस्कार गर्ने अवस्था आयो ।

उहाँकै मन्त्रीहरु भन्दैछन् कि सहमति सम्भव छैन, संविधान निर्माणमा प्रक्रियामार्फत जाने हो । त्यसो भनिसकेपछि कसरी हाम्रो समेत सहभागितामा संविधान बन्न सक्छ ? हामी त्यो प्रक्रियामा जाने कुनै सम्भावना छैन ।

मन्त्रिपरिषदले मनोनित गर्ने २६ जनाबाट वा संविधानसभाको आकार केही बढाएर भए पनि तपाइंहरुलाई समेट्ने कुरा सुनिएको छ नि ?
हामीले हिजो चुनाव बहिस्कार गरेको हो । तर अहिले कसैले दयाले दिएको केही सिट लिएर अपमानजनक ढंगले संविधानसभामा जाने त कुरै आउ“दैन । तर राष्ट्रिय सहमति गरेर अघि जाने कुराको हामी कहिल्यै विरोधी छैनौं ।

१२ बुँदे समझदारीयता भएका सबै सहमति र सम्झौताहरुको पालना हुन्छ भने हामी सहमतिका लागि तयार छौं त पहिल्यैदेखि भन्दै आएको हुरा हो । उहाँहरु ती सबै सम्झौता तोडेर अगाडि गइरहनुभएको छ, त्यसकारण सहमतिको सम्भावना हामी देख्दैनौं ।

हामीले सर्वपक्षीय राजनीतिक सभाको गठन गरौं र नयाँ राष्ट्रिय सहमति कायम गरेर जाऔं भन्ने विषयलाई कार्यनीतिक नाराका रुपमा पटकपटक उठाउँदै आएका छौं । यो कुरा उहाँहरु मान्नुहुन्न । त्यसैले संविधानसभामार्फत राष्ट्रिय राजनीतिक निकास निस्कंदैन भन्ने कुरा प्रष्ट हो ।

प्रधानमन्त्रीले केही समयअघि एउटा सार्वजनिक कार्यक्रममा समस्या समाधानका लागि तपाईंहरुले भनेजस्तो गोलमेच सभा आयोजना गर्न सकिन्छ भन्नुभएको थियो, उहाँमा समस्याप्रतिको गम्भीरता त देखियो नि होइन  ?
खै उहाँले कहाँ के भन्नुभयो मलाई थाहा भएन । आधिकारिक रुपमा त्यस्तो केही आएको छैन । देशको प्रधानमन्त्रीजस्तो व्यक्तिले समस्या समाधान गर्दिन, सहमति गर्दिन त भन्नै मिल्दैन नि । औपचारिकताका लागि गरिएका कुराहरुको के अर्थ हुन्छ र ? तर हामी वार्ता नै नगर्ने पक्षमा छैनौं । वार्ताका लागि सधैं तयार छौं ।

तपाइंहरुलाई संविधानसभा बाहिर राखेर र एकीकृत माओवादीलाई भित्र लगेर दुवैलाई सकाउने अन्तर्राष्ट्रिय खेल भइरहेको छ भन्ने सुनिन्छ, के कुरा त्यस्तै हो त ?
त्यस्तो टिप्पणीमा कुनै तथ्य र दम छैन भन्ने लाग्दैन । एकपछि अर्को घटनाक्रमहरु हेर्दै जा“दा त्यो कुरा हो जस्तो लाग्छ । कसकसले कहाँकहाँबाट के गरिरहेको छ भन्ने त अहिले नभनौं तर परिवर्तनको नेतृत्व गरिरहेको माओवादीमा विभाजन ल्याएर प्रतिगमनलाई पूर्णता दिने षड्यन्त्र भएकै हो ।

पार्टी एकताबारे चर्चा सुनिन थालिएको छ, के त्यसबारे पहल अघि बढेको हो ?
मणि थापा र परि थापाहरुस“ग वार्ता गर्ने निर्णय भएको हो । त्यसका लागि वार्ता कमिटि नै बनेको छ । वार्ता कमिटिले कुराकानी गरिरहेको छ ।

हामी माओवाद मान्ने शक्तिहरुलाई एकजुट बनाएर क्रान्तिकारी कम्युनिष्ट केन्द्र निर्माण गर्ने अभियानमा छौं । छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलबद्ध गर्ने औपचारिक निर्णय नै भएको छ ।

मैले एकीकृत माओवादीसँग एकताको कुरा गरेको,

एकीकृत माओवादीसँग यथास्थितिमा एकता हुने सम्भावना छैन । पहिले त नयाँ जनवादी क्रान्तिको साझा राजनीतिक कार्यदिशा बन्नुप¥यो । पहिला उहाँहरु जनवादी क्रान्तिको कार्यदिशामा आउनुप¥यो । जसरी संसदवादलाई सुदृढ गर्न संविधानसभाको उपयोग गरिरहनुभएको छ, त्यसबाट बाहिर आउने आँट गर्नुभयो भने पार्टी एकता हुन्छ । तर त्यसबारेमा हामीले गम्भीर खालका कुराकानी गरेका छैनौं ।

दुई पक्षबीच भएका अनौपचारिक छलफलहरु सकारात्मक ढंगले अघि बढेको भन्ने सुनिन्छ नि ?
कुराकानी नै नहुने भन्ने त होइन । बेलाबेलामा कुराकानी भएकै छ । तर पार्टी एकताकै बारेमा केन्द्रित रहेर गम्भीरतापूर्वक कुराकानी भएको छैन ।

हामी हिजो राजनीतिक कार्यदिशा नमिलेर अलग्गिएका हौं । त्यसैले कुराकानीका क्रममा हामीले तपाईंहरुले लिएको कार्यदिशा सच्याएर क्रान्तिकारी कार्यदिशामा आउनुस् भन्ने आग्रह गर्ने गरेका छौं । उहाँहरु संसदवादबाट मुक्त हुन सक्नुभयो भने एकता हुन सक्छ । राजनीतिमा असम्भव भन्ने त के हुन्छ र ?
एकीकृत माओवादी पालुङटारको कार्यदिशामा फर्कियो भने एकता हुन्छ भन्नुभएको रहेछ, त्यो भनेको के हो ?
जतिबेला पालुङटार बैठक भयो त्यतिबेला हामी एकै ठाउँमा थियौं । त्यसले क्रान्तिको पूर्णताका लागि के गर्ने भन्ने निर्णय लिएको थियो । छोटोमा भन्नुपर्दा नयाँ जनवादी क्रान्तिको कार्यदिशा हो भनेर बुझ्दा सजिलो होला । नयाँ जनवादी क्रान्ति जनविद्रोहमार्फत सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

mohan bahadhya 2 copy
जनयुद्धको जगमा जनविद्रोह वा अन्य तरिकाबाट जनविद्रोह ?
कुरा जुसुकै गरिए पनि भनेको जनविद्रोह हो । जनयुद्ध भनेको हाम्रो इतिहास हो । त्यो गज त छंदैछ । हामीले गर्न खोजेको सहरी जनविद्रोह हो ।

त्यो सम्भावना छ र ?
सम्भावना किन छैन ? संसारमा असम्भव भन्ने चिज केही छ ? हामीले जे गर्ने भनिरहेका छौं, त्यसका लागि परिस्थिति अनुकुल बन्दै गएको छ  ।

एक्लै सहरी विद्रोह गर्न नसक्ने देखेर एकताको कुरा अघि सार्नुएको हो ?
एक्लै गर्ने भनेकै छौनौं नि । सहरी विद्रोह गर्न त ठूलो शक्ति चाहिन्छ । जनतालाई बुझाउन सक्नुपर्छ । हामीले मात्र भनेर त हुँदैन नि । सबैभन्दा पहिले त सच्चा क्रान्तिकारी पार्टीको नेतृत्वमा सबैलाई गोलबन्द गर्नुप¥यो । संयुक्त मोर्चा बलियो हुनुप¥यो ।

देशभक्त र वामपन्थी शक्तिलाई गोलबन्द नगरी विद्रोह गर्ने कुरा हामीले कहिल्यै गरेका छैनौं ।

परिस्थितिले पार्टी एकताका लागि तपाईंहरुलाई बढी बाध्य पारेको हो कि एकीकृत माओवादीलाई ?
त्यसरी कसलाई बाध्य पा¥यो भन्ने कुरा नभनौं । कमयुनिष्ट क्रान्तिकारीहरुबीच एकताको खाँचो छ । तर एउटा कुरा के हो भने हामी उहाँहरु जसरी संविधानसभामा चोपलिन गएनौं, त्यसबाट मुक्त रहन सफल भयौं ।

हामी कसैको दबाबमा नपरी राजनीति गर्छौं । हाम्रो केन्द्रीय समितिले क्रान्तिकारीहरुसँग पार्टी एकता गर्नुपर्छ भन्ने स्पष्ट निर्णय लिएको छ । त्यो प्रक्रियामा हामी निश्चित रुपमा जान्छौं । यसलाई परिस्थिति वा अन्य केहीको दबाबमा रुपमा लिन मिल्दैन, अहिलेको आवश्यकताका रुपमा बुझ्नुपर्छ । सच्चा क्रान्तिकारीहरुलाई गोलबद्ध गर्नु एतिहासिक आवश्यकताको विषय भएको छ ।

एकीकृत माओवादी चाहिं अझै क्रान्तिकारी शक्ति हो वा तपाईंहरुले पहिले भनेजस्तो बाटो बिराएको नवसंशोधनवादी गुट ?
एकीकृत माओवादीभित्र ठूलो संख्यामा सच्चा क्रान्तिकारी नेता र कार्यकर्ताहरु हुनुहुन्छ । तर उहाँहरुमा धेरै प्रकारका विचलनहरु देखिए । हामीले अझै पनि भनिरहेको कुरा के हो भने ती विचलनहरुलाई सच्याउनुप¥यो । कार्यदिशामा ठीक ठाउँमा आउनुप¥यो, त्यो भनेको नयाँ जनवादी क्रान्तिको कार्यदिशा हो ।

उहाँहरु पनि हामी क्रान्ति नै गरिरहका छौं भनिरहनु भएको छ नि त ?
त्यो त मुखले भनेर हुँदैन । प्रमाण र साक्षीका रुपमा दस्तावेजहरु हेरे थाहा भइहाल्छ नि । पार्टी क्रान्तिकारी हुन कार्यदिशा क्रान्तिकारी हुनुप¥यो नि ! संसदवादमा चुर्लुम्म डुबेर क्रान्तिको कुरा गर्न मिल्छ ?

पार्टी एकता भयो भने नेतृत्व तपाईंले लिने कि पुष्कमल दाहाल ‘प्रचण्ड’ ले ?
यो त सन्तान जन्मनु कहिले कहिले भोटो सिउने अहिले भनेजस्तो भयो । पहिला पार्टी एकताका लागि कार्यदिशामा कुरा मिल्नुप¥यो । त्यसपछि पो नेतृत्वको कुरा आउँछ । मुख्य कुरा राजनीतिक कार्यदिशा हो नेतृत्व कसले गर्ने भन्ने गौण कुरा हो । यो विषयमा अहिले कुरै नगरौं ।

अहिले पार्टी एकताको कुरा गर्नेले चुनावका बेला किन एमाओवादीलाई हराउन लाग्नुभएको त ?
चुनाव उहाँहरुकै कारण हार्नुभएको हो । उहाँहरुकै गलत कार्यदिशाले चुनाव हार्नुभएको हो । तर पार्टी फुट पनि चुनाव हार्नुको एउटा कारण चाहिं थियो ।

माथि बहिस्कार भने पनि तलतल तपाईंका कार्यकर्ताले पैसा खाएर काँग्रेस–एमालेका उम्मेदवारलाई भोट दिएको त हो नि ?
यो एकदम झुठ प्रचार हो । कुनै बिग्रिएको मान्छेले कतै त्यसो ग¥यो होला, तर नीतिगत रुपमा पैसा लिएर कसैलाई हराउने र कसैलाई जिताउने भन्ने कुरा हाम्रो थिएन । विगतमा एकै ठाउँ हुँदा पनि हामीले चुनाव बहिस्कार गरेका थियौं । त्यतिखेर पनि एदाकदा कसैले बदमासी गरेका थिए । तर मुलभुत रुपमा त्यो आरोप सरासर गलत हो ।

एकीकृत माओवादीको हारबाट तपाईं खुसी कि दुःखी ?
खुसी वा दुःखी भन्दा पनि उहाँहरु जुन बाटोमा गइरहनुभएको छ , त्यो गलत छ । त्यसलाई सच्याउनुपर्छ । मलाई लाग्छ जनताले उहाँहरुलाई सच्चिने मौकाका लागि यस्तो परिणाम दिएका हुन् । यसलाई सच्चिने अवसरका रुपमा प्रयोग गरिदिए त्यो देश र जनताको हितमा हुने थियो ।

तपाईरुसँग पार्टी एकताको सम्भावना बढेका कारण एमाओवादीभित्र पछिल्लो समय विवाद देखिएको हो भनिन्छ नि ?
उहाँहरुभित्रको कुरा के हो ? मानिसहरुले के भन्छन् त्यो त हामीलाई थाहा हुने कुरा भएन । उहाँहरुका आन्तरिक मामिलामा हामीले टिप्पणी गरिहाल्न मिल्दैन । हामीले टिप्पणी गरेर पनि केही हुने होइन ?

पार्टी विभाजनको झण्डै दुई वर्ष हुन लाग्दा समेत सबैले देख्ने गरी केही गर्न सक्नुभएन, यस्तो अवस्थामा तपाईंहरुलाई अरुभन्दा फरक हो भन्ने आधार के त ?
रातारात केही हुँदैन नि । हामी अहिले बाटो बनाउने काम गरिरहेका छौं । सैद्धान्तिक र राजनीतिक रुपमा हामीहरु ठीक ठाउँमा आएका छौं । किन भने हामी विभिन्न प्रकारका भड्काव र विचलनहरुबाट मुक्त छौं । नयाँ ढंगले अघि बढ्नका निम्ति वातावरण तयार पार्न जरुरी हुन्छ । अहिले हामी त्यही गरिरहेका छौं । यो बीचमा विचारधारात्मक, राजनीतिक र सांगठनिक रुपमा थुप्रै काम भएका छन् । परिणाम आउने गरी काम गर्नका निम्ति अझै केही समय चाहिन्छ ।

कसरी जाने भन्नेमा विवाद छ रे हो पार्टीमा ?
त्यो विकल्कुल गलत कुरा हो । बाहिर कसले के भन्छ त्यसको पछि लाग्न मैले जरुरी ठानेको छैन ।

mohan baihdya copy
सचिव नेत्रविक्रम चन्द र तपाईंबीच राजनीतिक कार्यदिशाकै विषयमा विवाद छ भन्ने सुनिन्छ ?
कम्युनिष्ट पार्टीभित्र छलफल बहस हुन्छ । हाम्रोमा पनि बहस हुने गरेको छ । तर त्यो क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा हो ।

हामीबीच विवाद छैन भन्ने प्रमाणका लागि महाधिवेशन र केन्द्रीय समितिबाट पारित सैद्धान्तिक र राजनीतिक प्रस्ताव नै काफी छन् । पार्टीमा हरेक निर्णयहरु सर्वसम्मत रुपमा हुने गरेका छन् । अनि कसरी विवाद भन्न मिल्छ ? यो नितान्त गलत कुरा हुन् ।

सिंगै जीवन कम्युनिष्ट आन्दोलनमा बिताउनुभयो, तपाईंलाई सबैले सरल र सिद्धान्तनिष्ठ नेता पनि भन्छन् तर त्यसका बावजुद नेपालको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुमा के तपाईं वा तपाईंको पुस्ताको कुनै भूमिका छैन ?
अहिले जे भयो त्यो पुस्ताको कारणले भएको होइन । यो विचारका कारणले भएको हो । मानिसहरुले कम्युनिष्ट आन्दोलनमा बूढो पुस्ता र नयाँ पुस्ताको कुरा गरेको सुन्छु । यो वाहियात बहस हो ।

सांगठनिक रुपमा सिद्धान्ततः हामीले पूराना पुस्ता, बीचको पुस्ता र नयाँ पुस्ताको समान उपस्थिति गराउनुपर्छ भन्दै आएका छौं । पाको हुँदैमा विचारमा पूरानो र नयाँ हुँदैमा विचार नयाँ भन्ने हुँदैन ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुस्ताभन्दा पनि बेलाबेलामा गम्भीर प्रकारका दक्षिणपन्थी विचलनहरु देखिंदै आएका छन् ।

हामीले जनताको जनजीवनमा प्रत्यक्ष लाभ हुने गरी केही गर्न नसक्नुमा विचलन नै मुख्य कारण हो । दक्षिणपन्थी संशोधनवाद हिजो र आज पनि प्रमुख खतराका रुपमा देखिएको छ । त्यही कारण कम्युनिष्ट आन्दोलनमा धोका र षड्यन्त्रहरु हुँदै आएका छन् ।

तपाईं ढुक्क भएर नेपालका क्रान्ति हुन्छ भन्नुहुन्छ, तर मानिसहरु भन्छन् कि तपाइंहरुजस्तै नेताका कारण नेपालमा अब कम्तिमा कम्युनिष्ट आन्दोलन उठ्न सक्दैन, त्यसलाई के भन्नुहुन्छ ?

जनतामा केही अविश्वास छ र कमीकमजोरी भएको कुरा पनि सत्य हो । तर संसारमा र खास गरी नेपालमा कम्युनिष्ट शक्तिको विकल्प छैन । किन भने अर्को ध्रुवतिर हेर्नुभयो भने के अब संसदीय व्यवस्थाले निकास दिन सक्छ त ? संसदीय व्यवस्था त साम्राज्यवादतिर गइसक्यो ।

संसदीय व्यवस्थालाई आदर्श मान्नेहरुले साम्राज्यवादको आडमा निकै लुट मच्चाएका छन् । संसदवादले मुलुकको मुक्ति हुन सक्दैन । त्यसैले हामीले मुलुकको मुक्ति र राष्ट्रिय स्वाधिनताका लागि संघर्ष गर्दै आएका हौं । त्यो धाराले त नेपाललाई सधैं वैदेशिक शक्ति केन्द्रको छातामुनि राख्न चाहान्छ । त्

यसैले राष्ट्रिय स्वाधिनताको खतरा पनि गम्भीर छ नेपालमा । जनतालाई मुक्ति दिन र राष्ट्रिय स्वाधिनता बचाउन कम्युनिष्टबाहेक अरुले सक्दै सक्दैन ।

महिला, दलित, आदिवासी जनजाति, दलितहरु यी सबैसबै मिलेर एकढिक्का भएर जाने हो भने समस्या समाधान गर्न सकिन्छ । अहिले पनि संविधानसभाबाट समस्याको हल हुनेवाला छैन । त्यसकारण अब ५० वर्ष केही हु“दैन भन्ने कुरा निराशा फैलाउने कुरा होला, तर विकल्पहरु छैनन् ।

भनेपछि संसदीय व्यवस्थाका कमजोरीका कारण तयार भएको आधारमा टेकेर कम्युनिष्ट आन्दोलनको भविष्य निर्धारण हुने रहेछ है ?
त्यो त हामीले कहाँ भनेका छौं र ? हाम्रो उद्धेश्यत नेपालमा विद्यमान अर्धसँमन्ती, अर्धऔपनिवेशिक अवस्थालाई जनवादी क्रान्तिमार्फत अन्त्य गरौं र समाजवाद हुँदै साम्यवादमा जाऔं भन्ने हो ।

हाम्रो सैद्धान्तिक आधार त प्रष्टै छ । तर त्यसको पछाडि संसदीय व्यवस्थाले जन्माएका विक्रितिले जनता त्यसको विकल्प खोज्न तयार भएका छन् भनेको मैले । त्यो कुरा पनि त हो नि । लेनिनको भाषामा भन्ने हो भने आजको दुनियाँ भनेको साम्राज्यवाद र सर्वंहारा क्रान्तिको दुनियाँ हो ।

अहिले साम्राज्यवाद बलियो र सर्वहारा क्रान्ति कमजोर छ, यो निश्चित कुरा हो । तर साम्राज्यवादविरुद्ध विश्वसर्वहारा क्रान्तिको पक्षमा हामी छौं । त्यो सफल पनि हुन्छ, हाम्रो मार्गचित्र प्रष्ट छ ।

अहिले पनि विश्व राजनीति लेनिनले १८ औं शताब्दीमा भनेजस्तो छ र ?
अवस्था उही छ । अहिले अलिकति विकसित मात्र भएको हो । त्यसबेला बहुराष्ट्रिय कम्पनीहरुको उदय भएको थिएन । अहिले औद्योगिक पुँजीको अवस्था कमजोर र वित्तिय पुँजीको प्रभुत्व बलियो भएको अवस्था छ । त्यसैले सिद्धान्ततः लेनिनले भनेको भन्दा फरक स्थिति अहिले पनि छैन ।

यस्तै कुरा गर्ने गरेको भएर होला तपाईंमाथि किताबदेखि किताबसम्म र सिद्धान्तदेखि सिद्धान्तसम्म सीमित रहने जडसूत्रवादी नेता भन्ने गरेका है ?
विश्वभरि नै क्रान्तिकारीहरुलाई जडसूत्रवादीको आरोप लाग्ने गरेको छ । यो अवसरवादीहरुले क्रान्तिकारी शक्तिविरुद्ध प्रयोग गर्ने गरेको थेगो हो । जसले क्रान्तिकारीहरुलाई जडसूत्रवादी भन्छन् र नयाँ नयाँ कुरा ल्याउने भन्छन्, उनीहरुको नयाँ कुरा भनेको पूरानै संसदीय व्यवस्था । मलाई यो देखेर विचित्र लाग्छ । नेपाली क्रान्तिमा नयाँ कुरा ल्याउनुपर्छ भन्नेहरु संशोधनवादी भासमा फसेका छन् । अनि उनीहरुले नै हामिमाथि जडसूत्रवादीको आरोप लगाउने ? जसले क्रान्तिकारी शक्तिमाथि जडसूत्रवादीको आरोप लगाएका छन्, उनीहरुले साम्राज्यवादको  सेवा गरिरहेका छन् ।

तपाईंहरुले प्रतिक्रियावादी भन्ने गरेका शक्तिले मात्र होइन यो आरोप त तपाईंकै पूर्वसहकर्मीहरुबाट पनि लाग्दै आएको छ, उहाँहरु नयाँ तरिकाले जान खोज्दा जडसूत्रवादको शिकार भएर तपाईंहरुले बुझ्दै–बुझ्नु भएन भन्नुहुन्छ नि ?
उहाँहरुले नयाँ तरिकाले गर्दा त अहिलेको यो हविगत भएको हो नि । सारा जनमुक्ति सेना बुझाएको छ । संसदीय भासमा फसेको छ । उहाँहरुले भन्ने गरेको नयाँ तरिकाको त पर्दाफास भइसकेको छ । अब नयाँका नाममा कोही झुक्किने अवस्था छैन । अझै यो तरिकालाई नयाँ भन्दै अगाडि जाने हो भने त समाप्तै भएर जाने अवस्था छ । यस्तै हुन्छ भनेर त हामीले उहिल्यै भनेको हो ।

आखिर आज आएर परिणाम हेरौं न पूरानै भएर सोच्नेले भनेको ठीक कि नयाँ दाबी गर्नेले सोचेको ठीक ? रुपमा नयाँ कुरा गरेर के गर्नुहुन्छ उहाँहरु सारमा असाध्यै पूरानो र पतनोन्मुख संसदीय शक्तिमा रुपान्तरण हुनुभयो । यो शाब्दिक कलेबरमा खेल्ने कुराबाहेक केही होइन । त्यसैले जनताको मुक्ति हुनुपर्छ भन्दा जडसूत्रवादी या अरु जस्तोसुकै आरोप लागोस् म त्यसको कुनै पर्वाह गर्दिन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us