आज पनि एमाओवादी जिल्ला संयोजकको भेला

काठमाण्डु टुडे २०७० फागुन २४ गते २:४३ मा प्रकाशित

maoist-officeकाठमाण्डु, २४ फागुन – एकिकृत माओबादी एकिकृत माओबादिको जिल्ला संयोजकहरुको बैठक आज पनि बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा केहिबेरमा बस्ने बैठकमा संगठनात्मक सम्मेलनको कार्यबिधीमाथि जिल्ला संयोजकहरुले धारणा राख्ने क्रम जारी रहने माओबादीले जनाएको छ ।

हिजोको बैठकमा धारणा राख्ने संयोजकहरुले तयारीका लागि समय अपुग हुने भन्दै सम्मेलन सार्न सुझाब दिएका थिए ।

संगठनात्मक सम्मेलनका लागि पार्टी संगठन बिभागले बनाएको कार्यबिधिका बिषयमा जिल्ला तहमा एकरुपता ल्याउन एकिकृत माओबादिले जिल्ला संयोजकहरुको बैठक बोलाएको हो ।

गएको बर्ष माघमा हेटौंडामा भएको सातौं महाधिबेशनबाट पारित बिधानलाई माओबादिले राष्ट्रिय सम्मेलनबाट संशोधन गर्ने तयारी थालेको छ । कार्यबिधिलाई भेलाले अन्तिम रुप दिएपछि केन्द्रीय कार्यसमिति बैठकले पारित गर्ने छ ।

माओबादी केन्द्रिय समितिले बैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us