चीनमा पृथकतावादी आक्रमण, ३३ जनाको मृत्यु,एक सय ३० जना घाइते

काठमाण्डु टुडे २०७० फागुन १८ गते ४:२९ मा प्रकाशित

युन नान १८ फागुन-चीनको युन नान प्रान्तको खुन मिङ्ग शहरको रेल स्टेशन चोकमा शनिवार राती भएको आक्रमणमा परी आइतवार बिहानसम्म ३३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सिन च्याङ्ग पृथकतावादी संगठनका कार्यकर्ताहरुले मुखमा पटटी बाँधेर गरेको आक्रPolice at Kunming rail station after knife attacksमणमा परी एक सय ३० जना भन्दा बढी सर्वसाधारण घाइते भएको चिनिया समाचार संस्थाहरुले जनाएका छन ।प्रहरीको गोली प्रहारबाट चार जना पृथकतावादी मारिएका छन भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि चिन फिंगले सो घटनाको चाँडो भन्दा चाँडो छानवीन गरी आतंककारीहरुलाई गम्भीर सजाय दिन आग्रह गरेका छन । चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक व्यूरोका स्थायी सदस्य तथा राज्य परिषदका प्रधानमन्त्री ली ख छयांगले पनि आक्रमणकारीलाई यथाशिघ्र पक्राउ गरी गम्भीर सजाय दिनु पर्नेमा जोड दिएका छन ।

प्रधानमन्त्री लीले भनेका छन ‘यसका अतिरिक्त चीनका बिभिन्न ठाउँका सार्वजनिक सुरक्षा संस्थाले सम्बन्धित नियन्त्रण कदमलाई सवल पारेर मानिसहरुको भीड हुने सार्वजनिक स्थलमा दुर्घटना उत्पन्न हुन जोगाउनुपर्छ ।’ संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले पनि आफना प्रवक्ता मार्फत वक्तव्य जारी गर्न लगाई सो घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीहरुलाई कानुन अनुसार सजाय दिन चीन सरकार सक्षम हुने आशा व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us