बालकृष्ण ढुंगेललाई पक्रने प्रहरीको तयारी

काठमाण्डु टुडे २०७० फागुन १६ गते १३:२५ मा प्रकाशित

Bal-krishna-dhungelकाठमाण्डु, १६ फागुन – प्रहरीले एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेललाई पक्रने तयारी गरेको छ ।

ज्यान मुद्दामा सर्वोच्चद्वारा दोषी ठहर ढुंगेललाई पक्रन गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिइसकेको स्रोतले जनाएको छ ।

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको आरोपमा दोषी ठहर गर्दै सर्वोच्चले ढुंगेललाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाए पनि प्रहरीले उनलाई पक्रन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

यसअघि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पनि ढुंगेललाई पक्रने बताएका थिए । विहीबार रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा गृहमन्त्री गौतमले ढुंगेललाई पक्रिएर कारबाही गर्ने दावी गरेका हुन् ।

‘कानुन विपरित कुनैपनि क्रियाकलाप हुन दिन्न’, उनले भने, ‘मैले गृहमन्त्रालय सम्हालेसँगै गुण्डाहरुको भागाभाग भएको छ ।’

एमालेबाटै संरक्षित गुण्डाहरुलाई समेत पक्रिएर कारबाही गर्न निर्देशन दिइसकेको उनको जिकिर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us