युक्रेनका अपदस्थ राष्ट्रपति मस्कोमा

काठमाण्डु टुडे २०७० फागुन १६ गते ८:२६ मा प्रकाशित

मस्को, १६ फागुन – युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टोर यानुकोभिचले शुक्रबार रसियामा पत्रकार सम्मेलन गर्दैछन् ।

उनले रसियाको राजधानी मस्कोमा शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्न लागेका रसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यानुकोभिचलाई गतहप्ता युक्रेनमा विपक्षीहरुको आन्दोलनको भरमा अपदस्थ गरिएको थियो । त्यसपछि गत शनिबारै त्यहाँबाट भागेका उनी मस्कोमा शरण लिई बसेका छन् ।

अपदस्थ राष्ट्रपति यानुकोभिच शुक्रबारै पहिलो पटक सार्वजनिक हुन लागेका हुन् ।

यद्यपि विहीबारसम्म उनी कहाँ छन् भन्ने बारे केही बताइएको थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us