गिरिजाप्रसादका छोराले ७० परिवार किसान लखेटे

काठमाण्डु टुडे २०७० फागुन १५ गते १:२६ मा प्रकाशित

Girija prdकाठमाण्डु, १५ फागुन – धेरैलाई थाहा छ, पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी एउटी मात्रै छोरी छिन् । उनी हुन् सुजता कोइराला, जो राजनीतिमा सक्रिय छिन् ।

लामो समय नेपाली कांग्रेसको सभापति भएका कोइरालाका छोरा अहिले विराटनगरमा देखिन थालेका छन् ।

विपीको पालादेखि मोही बस्दै आएका ७० किसान परिवारलाई गिरिजाप्रसादका झड्केला छोरा सुरेशले खेदेका हुन् ।

सुरेशले गुण्डा लगाएर उनीहरुलई खेद्न थालेका छन् । गिरिजाप्रसादका छोरा सुरेशले हातहतियार सहितका गुण्डा प्रयोग गरि किसान परिवार निकाल्न थालेको भन्दै बिराटनगर ७ ब्रह्मपुराका स्थानीय वासिन्दा आन्दोलित बनेका छन् ।

गरीबमाथि दमन भएको भन्दै किसानहरुले जिल्ला प्रशासन कार्यालयमा समेत घेराउ गरेका थिए । ब्रह्मपुराको ७० बिघा जमिनमा किसानहरु बिपी कोइरालाको पालादेखि नै बस्दै आएका हुन् ।

गिरिजाप्रसादको नाममा रहेको जग्गा अहिले झड्केला छोरा सुरेशले पाएका छन् । जग्गाको लोभमा सुरेशले आफूहरुलाई लखेटेको ७० वर्षिय शत्रुधन कामतले बताए । किसानहरु बस्दै आएको जग्गाको वारेश सुरेशले बिनोद अर्याललाई दिएका छन् ।

हाल त्यो जग्गाको मूल्य प्रतिकठ्ठा दश लाख पर्दै आएको छ । घर भत्काउन दलबल सहित गएकालाई प्रहरीले धपाएको मोरङ्का एसपी विश्वराज पोखरेलले बताएको खबर नयाँ पत्रिकाले छापेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us