
काठमाण्डू, २ असार– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाण्डूको केएमसी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ४ः ०० बजे ९० वर्षको उमेरमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो ।
समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । एक श्रीमतीको भने निधन भइसकेको छ । उनका छोराहरु देश बाहिर रहेकाले उनीहरु आएपछि दाहसंस्कार गरिने उनका पारिवारिक सदस्य अशोक पौडेलले जानकारी दिएका छन् ।