अदालतले भन्योः तीनकुने नरसंहारमा धवलशमशेरलाई पूर्ण निर्दोष भन्न सकिएन

काठमाण्डु टुडे २०८२ असार २ गते २१:०६ मा प्रकाशित

काठमाण्डू, २ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) महामन्त्री धवलशमशेर राणालाई तीन कुने नरसंहारमा उन्मुक्ति दिन अदालतले अस्वीकार गरेको छ ।

सोमबार काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई पूर्ण रुपमा निर्दोष मान्न नसकिने ठहर गरेको हो ।

यद्यपि अदालतले राणालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । तोकिएको धरौटी बुझाएर उनी सोमबारै छुटेका छन् । कमजोर स्वास्थ्य अवस्थाका कारण धरौटीमा छाड्न आदेश दिइएको भए पनि पराधिक उपद्रवको कसुरमा राणालाई पूर्ण रूपमा निर्दोष हुन् भन्न नसकिएको आदेशमा उल्लेख छ ।

‘घटनास्थलमा तोडफोड आपराधिक उपद्रव र क्षति भएको देखिने घटनास्थल मुचुल्का समेतलाई हेर्दा यी प्रतिवादी धवलशम्शेर जबरा पूर्ण रूपमा निर्दोष हुन भनी भन्न सकिने अवस्था नभएको,’ आदेशमा अगासड भनिएको छ, ‘निज घातक रोगको उपचाररत रहेको भन्ने समेत मिसिलबाट देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी हाललाई रु ३,००,००० (तीन लाख रुपैयाँ) नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई मुद्दा पुर्पक्षको लागि तारिखमा राख्नू ।’

अदालतले तीनकुने नरसंहारमा प्रयोग गरिएका विभिन्न आपराधिक समूहलाई राणाले नै परिचालन गरेको भन्ने स्पष्ट प्रमाण नदेखिएको समेत बताएको छ । आदेशमा राणा आफैं तोडफोड तथा आपराधिक उपद्रवमा सहभागी भएको देखिने स्पष्ट प्रमाण नदेखिए पनि उनले घटनाका बखत ‘हामी अगाडि बढ्ने हो, प्रहरीसित डराउने होइन । यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भन्ने समेतको अभिव्यक्ति स्वीकार गरेको पनि आदेशमा उल्लेख छ ।

आपराधिक उपद्रवको कसुरमा निर्दोष भन्न नसकिने बताएको अदालतले राज्यविरूद्धको कसुर तथा संगठित अपराधमा अहिले नै कसुरदार ठहर गर्न मनासिब आधार नदेखिएको समेत स्पष्ट गरेको छ ।

स्वास्थ्यको कारण देखाउँदै हाजिरी जमानीमा रिहा भएका उनी सम्र्पकमा नआएपछि फरार सूचीमा थिए । सोमबार भने उनी आफैं अदालतमा उपस्थित भएका हुन् ।

सोही घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै फरार छन् । मिश्र र राणा दुवै राजावादी समूहले तीनकुनेमा हिंसात्मक घटना र आजजनी मच्चाएकै दि नगत १५ चैतमा पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us