
काठमाण्डू, २ असार– संसद्मा एक जना सांसद उठे पनि अवरोध भएको मानिने गरिन्छ । तर, यस्तो मान्यता नेपालको संसदमा पटक–पटक उल्लघंन भएका त्यस्ता थुपै रेकर्ड हरु छन । आज (सोमबार) मात्रै प्रतिनिधि सभाको दुई वटा बैठक बस्यो ।
पहिलो बैठकमा वेल घेराउ र नारावाजी गरेका रास्वपाका सांसदहरू साँझ ५ बजेर २० मिनेटमा बसेको दोस्रो बैठकमा पनि सुरु भए लगत्तै उठे । रास्वपाका सांसदहरू उठेकोतर्फ सभामुख देवराज घिमिरेले हेरे ।
तर, केही पनि नबोली बैठकलाई कार्यसूचीमा अगाडि बढाए । त्यसपछि रास्वपाका सांसदहरू फेरि नारा लगाउँदै वेलमा आए । रास्वपाको नारावाजी र वेल घेराउलाई ख्याल नै नगरी सभामुखले रोष्ट्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बोलाए ।