५ बजेर २० मिनेटमा बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु टुडे २०८२ असार २ गते १७:४१ मा प्रकाशित

काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक आजै साँझ ५ बजेर २० मिनेटमा बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा बजेट माथिको सामान्य छलफल सकिएको छ ।

त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिए । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक सभामा प्रस्तुत गरे । राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गरे ।

त्यसपछि आजै साँझ ५ बजेर २० मिनेटमा अर्को बैठक बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us