यी हुन् काँग्रेसका १० मन्त्री

काठमाण्डु टुडे २०७० फागुन १३ गते ८:०८ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, १३ फागुन – नेपाली काँग्रेसले पार्टीकोतर्फबाट सरकारमा सहभागी हुने १० जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्रीसहित १० मन्त्रालय पाउने सहमति अनुसार यसअघि नै सपथ लिइसकेका रामशरण महतबाहेक अन्य ९ जना मन्त्रीको नाम मंगलबार टुंगो लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेसको बैठकले तय गरेको नामावली अनुसार विनाविभागीय मन्त्री रामशरण महतलाई अर्थ मन्त्रालयको जिम्वेवारी दिइने भएको छ ।

यसैगरी महामन्त्री प्रकाशमान सिंह उपप्रधान एवं स्थानीय विकास, डा. मिनेन्द्र रिजाल सञ्चार, नारायण खड्का शहरी विकास, महेश आचार्य वन, विमलेन्द्र निधि भौतिक पूर्वाधार, चित्रलेखा यादव शिक्षा, एनपी साउद सिंचाई, नरहरि आचार्य कानुन र टेकराज गुरुङ श्रम मन्त्री बन्ने भएका छन् ।

एमालेले पनि मन्त्रीहरुको नामावली प्रधानमन्त्रीलाई बुझाईसकेकाले आजै सपथ ग्रहण गराउने तयारी भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us