प्रचण्ड आज स्वदेश फर्कंदै

काठमाण्डु टुडे २०७० फागुन ११ गते १:३१ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतार भ्रमणबाट आज स्वदेश फर्कंदै छन् ।
prachanda 2प्रचण्ड कतार एयरवेजमार्फत राति ८ बजे काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
पार्टी सम्वद्ध जनप्रगतिशील मञ्च कतारको तेश्रो सम्मेलन उद्घाटनका लागि बुधबार नेताहरु दीनानाथ शर्मा, लेखराज भट्ट र स्वकीय सचिव चुडामणि खड्काका साथ उनी बुधबार दोहा गएका थिए ।
कतार बसाइका क्रममा उनले कतारी प्रधानमन्त्री अब्दुल्लाह बिन नासिर बिन अल थानी र श्रम मामिलासम्बन्धी मन्त्री अब्दुल्लाह सलेअ अल खुलैफीलगायतका अधिकारीलाई भेटी त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको सेवा सुविधा वृद्धि गर्न आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us