बजेटमा सूचनासम्बन्धी सफ्टवेयर

काठमाण्डु टुडे २०७० फागुन १० गते १२:५० मा प्रकाशित

काठमाण्डु, फागुन – बजेट तुर्जमा र कार्यान्वयनमा छिटो छरितोपना ल्याउन अर्थ मन्त्रालयले त्यससम्बन्धी सफ्टवेयर प्रणाली लागू गर्ने भएको छ । सो प्रणाली आगामी २०७१ सालदेखि कार्यान्वयनमा आउने मन्त्रालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए ।

उक्त प्रणालीअनुसार इन्टरनेटबाटै बजेटबारे विस्तृत विवरण (माग, निकासा र खर्च)  थाहा हुनेछ ।

यसमा मन्त्रालयगत बजेट सूचना प्रणाली र बजेट व्यवस्थापन सूचना प्रणालीलगायत कार्यक्रम समाहित हुनेछ । हाल नमुनाका रुपमा रहेको सो प्रणाली बढी बजेट हुने शिक्षा, भौतिक योजनाजस्ता निकायमा परीक्षण भइरहेको मन्त्रालयका उपसचिव चन्द्र श्रेष्ठले बताए ।

यसको समन्वयको कार्य सार्वजनिक खर्च र आर्थिक उत्तरदायित्व संस्थाले गर्ने छ । सो  प्रणालीमा गएपछि सम्बन्धित मन्त्रालयले पत्र वा दस्तावेज आदान प्रदान वा दर्तामा लगानी गरिरहनु पर्दैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us