बाबुराम र शंकरको जुहारी, को ठन्डाराम ?

काठमाण्डु टुडे २०७० फागुन ९ गते ७:०५ मा प्रकाशित

Baburam-shankarकाठमाण्डु, ९ फागुन – ऐतिहासिक पहिलो संविधानसभाले संविधान बनाउन सकेन । लामो समय खर्चिएर पनि संधिवान जारी गर्न नसकेका दलहरु दोस्रो संविधानसभाबाट एक वर्षमै संविधान बनाउँछौं भनिरहेका छन् ।

यद्यपी पहिलो संविधानसभा विघटनको जस कसले लिने भन्ने विषयमा दलहरुबीचको आरोप प्रत्यारोप अझै रोकिएको छैन ।
संविधानसभाको दोस्रो निर्वाचन भएर संविधानसभासमेत गठन भइसकेको अवस्थमासमेत दलहरुलाई पूरानै ह्याङ ओभरले अझै छाडेको छैन । त्यसको प्रतिविम्ब संविधानसभा अध्यक्षको निर्वाचन हुँदैगर्दा बैठकमा पनि देखिएको थियो ।
संविधानसभाको बैठकमा सभासदहरुले मुख्य तीन दलका शीर्ष नेता र सभामुख सुवास नेम्वाङलाई राम्रै व्यंग्य गरेका थिए । सोही बैठकबाट बल्जिएको पूरानो बहसले सामाजिक सञ्जालहरुलाई रामैसँग तताएको छ ।
यसै प्रसङ्गमा एमाओवादी नेता एवम् पूर्वप्रधान मन्त्री भट्टराईले प्रधानमन्त्री सुशील कोइराला, मन्त्रिपरिषदका निवर्तमान अध्यक्ष खिलराज रेग्मी र सभामुख सुवास नेम्वाङलाई व्यंग्य गर्दै यस्तो ट्विट गरे ।

Baburam

त्यसपश्चात एमाले नेता शंकर पोख्रेलल कविको रुपमा देख परे । कवितामार्फत उनले भट्टराईको ट्विटबारे यस्तो टिप्पणी गरे ।

Shankar Pokhrelभट्टराई र पोख्रेल समाजिक सञ्जालमा निकै सक्रिय नेता हुन् । उनीहरुबीच सामाजिक सञ्जालहरुमा चल्ने जुहारीले खुबै चर्चा पाउने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us