मस्यौदा समिति अन्तिम तयारीमा

काठमाण्डु टुडे २०७० फागुन ८ गते २:४९ मा प्रकाशित

काठमाण्डु, ८ फागुन– संविधानसभा कार्यसञ्चालन नियमावली मस्यौदा तयार गर्न गठित समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ ।
मस्यौदा तयार पार्न दिइएको समय सकिन दुई दिन बाँकी छँदा आज समितिको बैठक बस्न लागेको छ ।
संविधानसभाले गत बुधबार १० दिनभित्र मस्यौदा प्रतिवेदन बुझाउने गरी संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रतिनिधि सम्मिलित ४९ सदस्यीय समिति गठन गरेको थियो ।
समिति संयोजक लक्ष्मणलाल कर्णले केही विषयगत समिति घटाउने गरी मस्यौदा तयार पार्न लागिएको काठमाण्डु टुडेलाई जानकारी दिए ।
स्रोतका अनुसार संविधानका विवादित विषयसँग सम्बन्धितबाहेक सर्वसम्मतिमा निर्णय भएका अन्य समिति हटाउने गरी कार्यसञ्चालन नियमावली मस्यौदा तयार गर्न लागिएको छ ।
कर्णका अनुसार मस्यौदा समिति, राज्य पुर्नसंरचना समिति, शासकीय स्वरुप र नागरिक सम्बन्ध समितिबोहक अन्य हटाउने तयारी छ । अघिल्लो संविधानसभामा एउटा संवैधानिक समिति, १० वटा विषयगत समिति र ३ वटा प्रक्रियागत समिति  थिए ।

संविधानसभाका समिति घटाए पनि व्यवस्थापिका–संसदमा भने केही समिति बढाउने तयारी भएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us