सभाध्यक्ष नेम्वाङद्वारा पदभार ग्रहण

काठमाण्डु टुडे २०७० फागुन ७ गते ९:१७ मा प्रकाशित

subash nembangकाठमाण्डु, ७ फागुन – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बुधबार दिउँसो आजोजित एक समारोहकाबीच सपथ लिएपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेर नेम्वाङले कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहण गरेसँगै नेम्वाङले अघिल्लो संविधानसभाले गरेका सहमतिलाई स्वामित्व ग्रहणका लागि पहल गर्ने बताएका छन् ।

यसअघि शितल निवासमा आयोगित सपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित विभिन्न संवैधानिक अंगका प्रमुखहरु र कुटनीतिक नियोगका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

साथै राष्ट्रपति कार्यालयले सभासदहरुका लागि चियापानको समेत आयोजना गरेको थियो ।

यसअघि दुई पटक व्यवस्थापिका संसदको सभामुख तथा एक पटक सभाध्यक्षको जिम्मेवारी सम्हालेका नेम्वाङ मंगलबार निर्विरोध सभाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेम्वाङ नेकपा एमालेका तर्फबाट ईलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us