प्रचण्ड कतार प्रस्थान

काठमाण्डु टुडे २०७० फागुन ७ गते ७:२० मा प्रकाशित

prachanda 2काठमाण्डु, ७ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतार प्रस्थान गएका छन् । पार्टी सम्वद्ध जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी बुधबार मध्याह्न कतार एयरवेजमार्फत दोहा प्रस्थान गरेका हुन् ।

उनले शुक्रबार दोहामा मञ्चको तेश्रो राष्ट्रिय सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्रीका हैसियतमा प्रचण्डले कतारका श्रममन्त्रीस“ग भेट गरी नेपाली श्रमिकहरुले पाउ“दै आएका सास्तीबारे ध्यानाकर्षण गराउने भएका छन् ।

एमाओवादी विदेश विभागमा सदस्य युवाराज चौलागाईंका अनुसार कतारका श्रममन्त्रीस“ग भेटघाटका लागि आइतबार समय मिलाइएको छ ।

चौलागाईंका अनुसार प्रचण्डले नेपाली श्रमिकहरुलाई अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार सेवा सुविधा दिन र सम्मानजनक व्यवहार गर्न कतारी अधिकारीलाई आग्रह गर्नेछन् ।

कतारमा करिब ६ लाख नेपाली रहेको अनुमानित तथ्यांक छ । प्रवक्ता दीनानाथ शर्मा र स्वकीयसचिव चुडामणि खड्काका साथ कतार गएका प्रचण्ड आइतबार स्वदेश पर्कने उनको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us