एसएलसीको परीक्षा केन्द्र निर्धारण

काठमाण्डु टुडे २०७० फागुन ६ गते ११:१२ मा प्रकाशित

SLC-Nepal_20120615094302भक्तपुर, ६ फागुन – परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आगामी चैत ६ देखि १४ गतेसम्म हुने यसवर्षको एसएलसी (प्रवेशिका) परीक्षाका लागि देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालका अनुसार गतवर्ष एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यसवर्ष देशभरबाट होम सेन्टर हटाएकाले ५० वटा केन्द्र थप गर्नुपरेको हो ।

त्यसैगरी, अर्यालले एसएलसी परीक्षाको प्रश्नपत्र छपाइ कार्य सकेर उपत्यका बाहेकका जिल्लाहरुमा प्रश्नपत्र पठाइएको जानकारी दिए ।

‘एसएलसी परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्री उपत्यका बाहेकका जिल्लाहरुमा पठाइएको छ,’ अर्यालले भने ।

यस पटकको परीक्षामा पाँच लाख ६६ हजार परीक्षार्थीको सहभागिता हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us