फेसबुक खोल्दा ढुंगाले हानेर मृत्युदण्ड

काठमाण्डु टुडे २०७० फागुन ६ गते ८:५८ मा प्रकाशित

stoneकाठमाण्डु, माघ – इन्टरनेट अहिले मानिसका लागि अत्यावश्यक र अपरिहार्य बस्तुजस्तै बनिसकेको छ ।

त्यसमा पनि कुनै न कुनै सामाजिक सञ्जालको प्रयोग नगर्ने मानिस पाउन निकै कठिन हुन्छ ।

विशेषगरी फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल धेरैको अभिन्न मित्र बनिसकेका छन् ।

यसरी सामाजिक सञ्जालको लोकप्रियता र प्रयोग बढिरहेका बेला सिरियामा भने एक युवतिले भने फेसबुक चलाएको अभियोगमा आफ्नो ज्यान नै गुमाउनु परेको छ ।

फातूम अल जासेम नामकी ति युवतिलाई फेसबुक अकाउन्ट खोलेको भन्दै ढुँगाले हानेर मारिएको खबर सार्वजनिक भएको छ ।

सिरियाको सारिया कानुन अन्तरर्गत स्थानीय अदालतले उनलाई ढुंगाले हानेर मृत्यु दण्ड दिने सजायँ सुनायो । अदालतको फैसलासँगै त्यहाँ जम्मा भएको भिडले ढुंगाले हानेर ति युवतिको हत्या गरेको हो ।

स्थानीय मिडियाका अनुसार उनलाई सजायँ सुनाउने क्रममा धार्मिक अदालतले आफ्नो फैसालामा भनेको थियो, ‘फातूमले फेसबुक अकाउण्ट खोलेर ठूलो अनैतिक काम गरेकाले उनलाई यो सजाँयको हकदार मानिएको हो ।’

सो अदालत कट्टरपन्थी इस्लामिक संगठन आईएसआईएसको नियन्त्रणमा छ । आईएसआईएसले इराक तथा सिरियामा आफ्नो बलियो पकड बनाएको छ । उसले सिरियामा राष्ट्रपति बसर अल असद तथा इराक सरकारका विरुद्ध अभियान चलाउँदै आएको छ ।

4714_syria-girl-1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us