सहमति जुटेन,बहुमतीय प्रक्रियाको थालनी

काठमाण्डु टुडे २०७० फागुन ५ गते ३:२० मा प्रकाशित

काठमाण्डु, ५ फागुन– सर्वदलीय बैठकमा  सहमति नजुटेपछि संबिधानसभाको सभाध्यक्ष चयन बहुमतीय प्रक्रियाबाट अगाडि बढने भएको छ । एमालेले आफना उम्मेदवार सुवास नेम्वाङको पक्षमा सहमति जुटाउन संबिधानसभा भवन नयाँ बानेश्वरमा बोलाएको बैठकमा सहमति नजुटेपछि संबिधानसभा सचिवालयले बहुमतीय प्रक्रिया अगाडि बढाएको छ ।


ca houseसंसद सचिवालयले तय गरेको निर्वान कार्यतालिका अनुसार सहमतिय प्रणालीका आधारमा हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि २ बजेसम्म तोकिएको थियो ।
यस्तै बहमुतीय प्रणालीअन्तर्गत भोलि बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । सभाध्यक्षका लागि परेको उम्मेदवारी भोलि साँझ ५ बजे व्यवस्थापिका–संसद बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ ।
हालसम्म सभाध्यक्षमा एमाले नेता सुवास नेम्वाङले मात्र उम्मेदवारी दर्ता दिने तयारी गरेका छन् । नेम्वाङ विघटित संविधानसभामा पनि सभाध्यक्ष थिए । काँग्रेसको समेत समर्थन पाएका कारण नेम्वाङ सभाध्यक्षमा निर्वाचित हुने पक्कापक्की जस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us