मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाण्डु टुडे २०७० फागुन ५ गते २:३७ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– प्रधानमन्त्री सुशील कोइराला मन्त्रिरिषद् विस्तारको तयारीमा जुटेका छन् ।
Sushil-Koirala
गृह मन्त्रालयको विषयलाई लिएर प्रमुख सत्ता साझेदार एमालेसँग विवाद चर्किएका बेला कोइरालाले आफ्नै पार्टीबाट केही मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

त्यसका लागि कोइरालाले संसदीय समितिको बैठक बोलाएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा मन्त्री चयनको मापदण्ड र व्यक्तिका बारेमा छलफल भएको थियो ।

तर बैठकले केही टुंगो लगाउन नसकेको नेताहरुले बताएका छन् । कोइरालाले भरसक आइतबार साँझसम्म केही मन्त्रीको सपथ गराउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us