सुनका उपभोक्तामा चिनियाँ विश्वको पहिलो स्थानमा

काठमाण्डु टुडे २०७० फागुन ४ गते १७:०३ मा प्रकाशित

चीनमा सुनका उपभोक्ता केही वर्षदेखि लगातार बढिरहेका छन्। सन् 2013 मा भारतलाई उछिनेर सारा विश्वको सबैभन्दा ठूलो सुनको उपभोग्य मुलुक चीन बनेको छ। हाल चीन संसारमा सबैभन्दा तीव्र गतिले विकसित भइरहेको सुनको बजार पनि बनिसकेको छ।

चिनियाँ सुन परिषद्को तेस्रो प्रतिनिधि सम्मेलन सोह्र तारिख सम्पन्न भएको छ। त्यसअघि विश्व सुन समितिले सन् 2014 मा चीन भारतलाई उछिनेर सारा विश्वको सबैभन्दा ठूलो सुनको उपभोग्य मुलुक बन्ने अनुमान गरेको थियो। तर नयाँ तथ्याङ्कबाट सन् 2013 मा नै चीनले भारतलाई उछिनेर सबैभन्दा ठूलो सुन उपभोग गर्ने मुलुक बनिसको तथ्य बाहिर आएको हो।

सन् 2013मा चीनको सुनको उपभोक्ता 1 हजार1 सय 76 दशमलब 4 टन पुगेको छ। सुनको उपभोग एक वर्षमै एक हजार टनभन्दा बढी नाघेको यो पहिलो हो।

प्राप्त जानकारीअनुसार, सन् 2013 मा चीनको सुन गहना बजारको कूल खुद्रा रकम चार खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। यसबाट चीन सारा पृथ्वीमा रहेको सबैभन्दा महत्वपूर्ण सुन गहना उपभोग्य बजार पनि बनिसकेको स्पष्ट भएको छ। CRI

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us