हवाई सुरक्षाको योजना ल्याउने सरकारको तयारी

काठमाण्डु टुडे २०७० फागुन ४ गते १६:२३ मा प्रकाशित

काठमाण्डु ४ फागुन–संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयका सचिव सुशील घिमिरेले हवाई सुरक्षामा सुधारात्मक कार्यक्रम ल्याउन मन्त्रालय अग्रसर रहेको बताएका छन् । उनले हवाइ सुरक्षाको प्रश्न उठिरहेकाले सुधारका लागि मन्त्रालय गम्भीर रुपमा लागिरहको जानकारी दिए ।
सचिव घिमिरेले नेपाल वायु सेवा निगमका लागि नयाँ विमान आवश्यक भएको भन्दै त्यसको प्रकृया अगाडि बढेको र नयाँ विमान आइपुग्ने जानकारी दिए । आइतबार काठमाण्डुमा आयोजित पर्यटन पत्रकार संघ (जाट नेपाल)का नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रममा उनले सन् २०१७ को जुन सम्ममा भैरहवा क्षेत्रीय विमानस्थलको निर्माण कार्य पूरा हुने गरी प्रक्रिया अगाडि वढेको पनि जानकारी दिए ।
पर्यटन क्षेत्रबाट अपेक्षित रूपमा राजस्व प्राप्त नभएको बताउँदै गुणस्तर वृद्धि गरी आयआर्जनका लागि नयाँ सोचको आवश्यकता रहेको उनले बताए । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा दुई प्रतिशतमात्र पर्यटन क्षेत्रको योगदान रहेको छ ।
कार्यक्रममा जाट नेपालको तेस्रो वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यमितिका पदाधिकारीहरुलाई पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए । जाट नेपालको तेस्रो साधारण सभाले हरिराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जोग आचार्य, महासचिवमा शिव श्रेष्ठ, सचिवमा प्रकाश खालिङ र कोषाध्यक्षमा लाला गुरुङ रहेका छन् । सदस्यहरुमा कल्पना महर्जन र पूर्णभक्त दुवाल रहेका छन् ।
कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष डिबी लिम्बुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए । नेपालको पर्यटन विकासका लागि व्यवसायी र पत्रकार एक हुनु पर्नेमा पनि उनको जोड थियो । कार्यक्रममा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले टान पर्यटन पत्रकार संघसँग सहकार्य गरेर जान तयार रहेको जानकारी दिए । कार्यक्रममा रेवानका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले पत्रकारहरु पक्ष÷विपक्ष बनेर समाचार सम्प्रेषण गर्न नहुने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us