कार्यसूची नभए पनि संसद् बैठक बस्दै

काठमाण्डु टुडे २०७० फागुन ४ गते २:५८ मा प्रकाशित

ca houseकाठमाण्डु, ४ फागुन– नियमावली अभावमा कार्यसूचीविहीन हुँदै आएको व्यवस्थापिका–संसद बैठक आज पनि बस्दैछ ।

कार्यसञ्चालन नियमावली बनाउने प्रक्रिया जारी रहेका बेला संसद बैठक अपराह्न बस्न लागेको हो । कार्यव्यवस्था परामर्श समितिले आजको बैठकमा संविधानसभा अध्यक्ष निर्वाचन कार्यक्रम पेश गर्ने सम्भावना छ ।

संसद बैठकअघि बिहान ११ बजे बस्ने कार्यव्यवस्था समिति बैठकले संविधानसभा अध्यक्ष निर्वाचन प्रक्रिया थाल्नेबारे निर्णय लिने सम्भावना रहेको समितिका एक सदस्यले जानकारी दिए ।

प्रमुख सत्ता साझेदार काँग्रेस र एमालेबीचको गृह मन्त्रालय विवादका कारण सभाध्यक्ष चयन प्रक्रिया अघि बढ्न सकेको छैन । दुई दलबीच सरकार गठनअघि भएको सातबुँदे सहमतिमा सभाध्यक्ष एमालेले लिने उल्लेख छ ।

सहमतिअनुसार एमालेले सभाध्यक्षमा पुन: सुवास नेम्वाङलाई अघि सार्ने निर्णइ गरिसकेको छ ।  तर प्रधानमन्त्रीमा काँग्रेस सभापति सुशील कोइराला निर्वाचित भएसँगै गृह मन्त्रालय कसले लिने भन्ने विवाद उत्कर्षमा पुगेका कारण सातबुँदे सहमति धरापमा परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us