सुशीललाई सघाउन एमाओवादी तयार

काठमाण्डु टुडे २०७० फागुन ३ गते १४:१४ मा प्रकाशित

काठमाण्डु ३ फागुन सरकार गठनमा गम्भीर संकट आएपछि काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारलाई सघाउन एकीकृत माओवादी तयार भएको छ ।
प्रधानमन्त्री निर्वाचनमा कोइरालाको पक्षमा मतदान गरेको एमालेले गृहमन्त्रालय नपाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लागेपछि एमाओवादी सरकारलाई सघाउन तयार भएको हो ।
आफूलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी थाहा पाएपछि प्रधानमन्त्री कोइरालाले शनिवार साँझ आफनै निवासमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । कोइरालाको नीजि सचिवालयका अनुसार सरकार गठनमा गम्भीर संकट आएमा मुलुकलाई अनिर्णयको बन्दी बनाएर रमिते बनेर नबस्ने प्रष्ट सन्देश एमाओवादीले दिएको छ ।
छलफलमा प्रधानमन्त्री कोइरालाले अध्यक्ष प्रचण्डलाई सरकारलाई समर्थन गरिदिन आग्रह गरेका थिए । स्वचिव चुडामणि खडकाका अनुसार अध्यक्ष प्रचण्डले सरकार निर्माणमा देखिएको अवरुद्धताले मुलुकमा नकारात्मक सन्देश गएको,त्यसको असर संबिधान निर्माण प्रक्रियामा देखिएको,शान्ति प्रक्रियालाई पूर्णता दिन सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनमा अग्रसरता देखाउनु पर्ने बिषयमा प्रधानमन्त्री कोइरालासँग छलफल गरेका छन ।
स्रोतका अनुसार काँग्रेसले गृहमन्त्रालय एमालेलाई दिन नसकिने सन्देश दिएपछि एमाले सचिव बिष्णु पौडेलले शनिवार दिउसो सरकारमा सहभागी नहुने र गुण दोषको आधारमा समर्थन निर्भर हुने बताएका छन । एमाओवादीलाई किनारा लगाउने गरी संबिधानसभाको अध्यक्ष पनि एमालेलाई दिने लिखित सहमति काँग्रेसले गरेको थियो ।
अन्तरिम संबिधानमा सहमतिका आधारमा अगाडि बढने लेखिएको छ । व्यवस्थापिका संसदमा पहिलो भएको दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दल प्रमुख प्रतिपक्ष हुने प्रचलन छ । नेपालमा पहिलो र दोस्रो दलको गठबन्धन बनाएर सरकार गठन गरी तेस्रो दललाई प्रमुख प्रतिपक्ष बनाउने योजना बनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us