भत्ता पाउनेको नाम अब वेभसाइटमा

काठमाण्डु टुडे २०७० फागुन ३ गते १:५९ मा प्रकाशित

Samajik-Surakshaपर्वत, ३ फागुन – पर्वत जिल्लामा सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकको नाम अब वेभसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।

सरकारले बृद्धबृद्धा, दलित, महिला, लोपोन्मुख जनजाति, अपाङ्गता भएका व्यक्तिहरूको संरक्षणका लागि प्रदान गर्ने सामाजिक सुरक्षा भत्तावापतको रकम हिनामिना भएको घटना बाहिर आएपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनमा जिल्ला विकास समितिले नामावली वेभसाइटमा राख्न थालेको हो ।

वेभसाइटमा नाम सार्वजनिक गर्नुपर्ने भएपछि मृत्यु भएका र कीर्ते व्यक्ति खडा गरी सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा कमी आउने विश्वास गरिएको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम मृत्यु भएका र फर्जी नाम खडा गरी निकासा भइरहेको बारेमा मन्त्रालयले चाँसो राख्दै वेभसाइटमा नराखेसम्म निकासा नदिने चेतावनी दिएपछि वेभसाइटमा राख्न थालिएको जिविसका सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिए ।

सामाजिक सुरक्षावापत प्रत्येक महिना भत्ता दिने व्यवस्था गरेको भएपनि सहीरुपमा कार्यान्वयन हुन नसक्दा मरेका मान्छेको समेत कीर्ते गरेर गाविस सचिवले आफैँ रकम बुझ्ने गरेको पाइएकाले यस्तो व्यवस्था गरिएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us