‘संविधान बने ६ महिनामै पद छोड्छु’

काठमाण्डु टुडे २०७० फागुन २ गते १३:१० मा प्रकाशित

paramananda jhaसर्लाही, २ फागुन – उपराष्ट्रपति परमानन्द झाले छ महिना भित्र संबिधान जारी गरेमा पनि आफूहरू पद छोडन तयार रहेको बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा भएको कार्यक्रमा उपराष्ट्रपति झाले संबिधान जारी भएपछि आफूहरू एक मिनेट पनि पदमा नबस्ने दावी गरे ।

अघिलो संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपति दुबैलाई संबिधान जारी नहुनजेलसम्मका लागि निर्वाचित गरेको उनले बताए । संबिधान जारी नहुन्जेल नागरिकले राजनीतिक दलहरूलाई दबाब दिनु पर्ने झाको भनाइ थियो ।

संघीयताको बारेमा राजनीतिक दलहरू प्रष्ट नदेखिएको भन्दै उपराट्रष्पति झाले एक वर्षभित्रमा दलहरूको कारण संबिधान बन्नेमा शंका रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us