पूर्णता नपाउँदा शुभकामना पनि पाएन सरकारले !

काठमाण्डु टुडे २०७० फागुन २ गते १०:२८ मा प्रकाशित

New Banesworeकाठमाण्डु, फागुन – शुक्रबारको व्यवस्थापिका संसदको बैठकमा नयाँ सरकार बनेकोमा दलहरुले शुभकामना दिने कार्यसूची तय भएपनि त्यसो नभइ दुर्ए अध्यादेश पारित गर्दै बैठक सकियो ।

बैठकमा प्रधानमन्त्रीमा सुशील कोइराला निर्वाचित भएकोमा दलहरुले शुभकानामा दिने कार्यक्रम रहे पनि त्यो हुन सकेन । सरकारले पूर्णता नपाएकाले शुभकामना दिने कार्यक्रम हुन नसकेको हो ।

बैठकपछि राप्रपा नेपाल संसदीय दलका नेता कमल थापाले शुभकामनाका लागि आफूहरु तयार भएर आए पनि सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री नै तयार नरहेकाले हुन नसकेको दावी गरे ।

यसैबीच एमाले अध्यक्ष झलनाथ खनालले आफूहरुको सहभागितामा सरकारलाई पूर्णता दिने विषय प्रधामन्त्रीकै हातमा रहेको बताएका छन् ।

संसद बैठकपछि पत्रकारसँग अध्यक्ष खनालले वार्ताका लागि आफूहरु तयार रहेको बताए ।

कांग्रेस नेतृ सुजाता कोइरालाले एमालेलाई गृहमन्त्री दिँदैमा आकाश नखस्ने भन्दै एमालेलाई सरकारमा सहभागि गराउन गृहमन्त्रालय दिनु पर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us