यमनको पछिल्लो हिंसामा १० जना मारिए

काठमाण्डु टुडे २०७० फागुन २ गते ४:४६ मा प्रकाशित

yamanकाठमाण्डु, २ फागुन – यमनको राजधानी सनामा भएको पछिल्लो हिंसामा १० जना मारिएका छन् । सनास्थित मुख्य कारागारमा अज्ञात बन्दुकधारीको आक्रमणबाट ७ सुरक्षाकर्मी र ३ उग्रवादी मारिएको विविसिले जनाएको छ ।

हमला पश्चात कैयन केदी भागेको बताइएको छ ।

घटनाको कुनै संगठनले जिम्मा नलिएपनि अलकायदाले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ । यमन अलकायदाको प्रभावित क्षेत्र मध्येको एक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us