गृहमन्त्री नपाएपछि यसरी कड्किए बामदेव

काठमाण्डु टुडे २०७० फागुन १ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, १ फागुन– सुशील कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री नपाएपछि एमाले उपाध्यक्ष बामदेव गौतम आक्रोशित बनेका छन् ।
bamdevउनले आफूलाई पार्टीभित्र र बाहिरका शक्ति मिलेर गृहमन्त्री हुन नदिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी पटकपटक बाहिर र बाहिरबाट आफ्नो चरित्र हत्या गर्ने प्रयास हुँदै आएको बताएका छन् ।

‘इतिहासमा पटकपटक पार्टीभित्र र बाहिर रहेका केही दुष्ट मानिसहरुले मेरो दृढ व्यत्तित्व र निष्ठावान चरित्रको हत्या गर्ने दुस्प्रयास गरेका छन्’, बामदेवले भनेका छन्, ‘तर, घटनाक्रमले उनीहरुको षड्यन्त्रलाई पर्दाफास गरेर समाप्त पारिदिएका छन् ।’

यसपटक पनि आफ्नो चरित्र हत्या गर्ने दुस्प्रयास भएको भन्दै उनले त्यस्ता षड्यन्त्र घटनाक्रमले भण्डाफोर स्वत: समाप्त भएर छाड्ने दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us