आज विश्व रेडियो दिवस

काठमाण्डु टुडे २०७० फागुन १ गते ४:५२ मा प्रकाशित

radioकाठमाण्डु, १ फागुन – विश्व रेडियो दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ ।

विश्वासमा रेडियोको प्रसारण आरम्भ भएको ९४ वर्ष र नेपालमा ६३ वर्ष पूरा भएको छ । नेपालमा राणाशासन अन्त्यका लागि संघर्षरत नेपाली नेपाली काँग्रेसले २००३ सालमा रेडियो प्रसारण गरेको थियो ।

औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो ।

हाल मुलुकका सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us