बीए तेस्रो वर्षको परीक्षा चैत १७ देखि

काठमाण्डु टुडे २०७० माघ २९ गते ४:३४ मा प्रकाशित

काठमाण्डु, २९ माघ– त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेश्रो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि लिने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुने जनाएको छ ।

कार्यालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनामा पुरानो पाठ्यक्रमअन्तगर्त पहिलो पटक स्नातक तह प्रथम वर्षमा २०५४ सालमा परीक्षा दिएका र सो पछि ७ वर्षे अवधि नाघेर मौका परीक्षा दिनेले समेत परीक्षामा सामेल हुन पाउने उल्लेख छ ।
कार्यालयले मानविकी, व्यवस्थापन, विज्ञान प्रविधि, शिक्षा शास्त्र र कानून संकायका नियमित आंशिक परीक्षार्थीको परीक्षा लिइने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us