किन गरेनन् प्रकाशमानले सपथ ग्रहण ?

काठमाण्डु टुडे २०७० माघ २८ गते ११:२३ मा प्रकाशित

Prakash-Man-Singhकाठमाण्डु, २८ माघ – नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले विनाविभागीय मन्त्रीको सपथ लिन अस्वीकार गरेका छन् ।

अर्का मन्त्री रामशरण महतसँगै सपथ गर्न प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रस्ताव सिंहले अस्वीकार गरेका हुन् ।

आफू यसअघि पनि पटकपटक मन्त्री भइसकेको र पार्टीको महामन्त्रीसमेत भएकाले विनाविभागीय मन्त्रीको सपथ लिनु सोभनीय नहुने भन्दै सिंहले सपथ लिन अस्वीकार गरेका हुन् ।

उनले आफू उपप्रधानमन्त्री पाए मात्रै सरकारमा जाने जवाफ प्रधान्मन्त्री कोइरालालाइ दिएकाे बनाएको स्रोतले जनाएको छ । सिंह यसअघि पाँचपटक मन्त्री भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us