माओवादी गठबन्धनले सुशीलको विपक्षमा मतदान गर्ने

काठमाण्डु टुडे २०७० माघ २७ गते ३:४० मा प्रकाशित

काठमाण्डु, २७ माघ– एकीकृत माओवादी नेतृत्वको सघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले व्यवस्थापिका–ंसंसदमा आज हुने gathabandhanप्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गर्ने भएको छ ।
माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान बसेको बैठकले प्रधानमन्त्रीमा काँग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले गठबन्धन आवद्ध १६ दलले कोइरालाको विपक्षमा मतादन गर्ने जानकारी दिए ।

उनले आगामी दिनमा पहिचानसहितको संघीयता पक्षधर शक्तिहरुको मोर्चालाई थप शसक्त र प्रभावकारी बनाउने निर्णयसमेत भएको बताए । बैठकमा माओवादीले विपक्षमा मतदान गर्ने प्रस्ताव राखेको थिया ।

माओवादीले भने पूर्वपदाधिकारीको बैठकबाट हिजै प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको थियो । गठबन्धनमा सघीयताबारे समान विचार राख्दै आएका तमलोपा, सदभावना, फोरम नेपाल, फोरम गणतान्त्रिक र अकोश राई नेतृत्वको सघीय समाजवादी पार्टीलगायत आवद्ध छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us