पूर्वगृहराज्यमन्त्री कँडेललाई ज्यान मार्न धम्की

काठमाण्डु टुडे २०७० माघ २६ गते ८:४० मा प्रकाशित

परासी, २६ माघ– पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेस वलपरासीका सभापति देवेन्द्रराज कँडेलले आफूलाई लाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।  छन् ।
devendra-raj-kandelनम्बर नदेखिने मोबाइलबाट आफूलाई केही दिनयता बारम्बार ज्यान मार्ने धम्की आइरहेको कँडेलले बताए ।

तीन महिनाभित्र ज्यान मार्ने भन्दै नम्बर नखुलेको नम्बरबाट बारम्बार धम्की आइरहेको छ’, कँडेलले काठमाण्डु टुडुसँग भने, ‘धम्की दिनेको खोजीमा छु ।’ उनले त्यसबारे स्थानीय प्रशासन र गृह प्रशासनमा खबर गरिसकेको उल्लेख गरे ।

उनले संविधानसभा निर्वाचनका बेलासमेत आफूलाई सोही प्रकृतिको धम्की आएको जानकारी दिए । कँडेलले आफूलाई आएको धम्कीबारे छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका  छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us