मदिनामा आगेमा जलेर १५ को मृत्यु

काठमाण्डु टुडे २०७० माघ २६ गते ५:२६ मा प्रकाशित

काठमाण्डु, २६ माघ– साउदी अरबको मदिनास्थित एक होटलमा भएको आलगागीमा जलेर कम्तिमा १५ मुस्लिम तीर्थालुको मृत्यु भएको छ ।
aglagiआगलागीमा १ सय ३० जना घाइते भएका छन् ।

उद्धराकर्मीले करिब ७ सय विदेशी पर्यटकलाई होटलबाहिर निकालेका कारण ठूलो मावनीय क्षति भने हुन नपाएको अधिकारीहरुले बताएका छन् ।
आगलागीको कारण खुलेको छैन ।

आगलागीको कारणबारे छानविन सुरु गरिएको साउदी प्रहरीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आलगालीगलत्तै विद्युत सर्ट भएकाले वरिपरिका घरमा समेत आगलागी भएको बताइएको छ ।

उद्धारकर्मील करिब १० घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us