शिक्षण अस्पतालमा अन्योल, बिरामी चिन्तामा

काठमाण्डु टुडे २०७० माघ २६ गते १:४८ मा प्रकाशित

काठमाण्डु, २६ माघ– निर्देशक डा.भगवान कोइरालाको राजीनामा र डा. गोविन्द केसीको आमरण अनशनका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको Teaching Hospitalसेवा प्रभावित हुने भएको छ ।
डा. केसीको मागमा समर्थन जनाउँदै आवासीय चिकित्सकहरु आन्दोलनको तयारीमा जुटेका छन् । अस्पतालमा भइरहेका गतिविधिका कारण उपचारका लागि आएका बिरामी चिन्तित बनेका छन् ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले कोइरालाको राजीनामा स्वीकृत गरी हिजै डाक्टर रतिन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशक तोकेपछि चिकित्सकहरु थप आक्रोशित बनेका छन् ।

आवासीय चिकित्सक संघका अध्यक्ष किशोर खनालले नयाँ कार्यकारी निर्देशक आफूहरुलाई स्वीकार्य नहुने बताए । दुई साताअघि अनशन तोड्दा भएको सहमति सरकारले पालना नगरेको भन्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीले हिजोदेखि पुन: अनसन थालेका छन् ।

उनले चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा नयाँ डिन नियुक्ति तथा त्रिवि पदाधिकारीलाई बर्खास्त गरिनुपर्ने लगायत ५ सूत्रीय माग अघि सारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us