खोजी सूचीमा रहेका कुख्यात अपराधी हतियारसहित पक्राउ

काठमाण्डु टुडे २०७० माघ २५ गते ९:३२ मा प्रकाशित

सप्तरी, २५ माघ– हत्या, अपहरण र डकैतीलगायत अपराधिक गतिविधिमा संलग्न एक कुख्यात अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।

pakrauसप्तरी इनर्वा–९ का ५२ वर्षीय कुख्यात अपराधी हरि पासवानलाई प्रहरीले पक्रेको हो । उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए । उनलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पासवानलाई विशेष सुराकीका आधारमा जिल्लाको गोबरगाढा गाविसबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा बताइयो । प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र सोको चार राउण्ड गोलीसमेत बरामद गरेको छ ।

पासवान दर्जनौ  अपराधिक गतिविधिमा संलग्न रहेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए । उनले पासवानविरुद्ध हत्या, अपहरण, र चोरी–डकैती मुद्धा चलाउने तयारी भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us