अवैध रक्सीसहित पाँच पक्राउ

काठमाण्डु टुडे २०७० माघ २४ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, माघ २४– अवैधरुपमा रक्सी उत्पादन गरी बिक्री वितरण गर्दै आएका पाँचजनालाई प्रहरीले जोरपाटीबाट नियन्त्रणमा लिएको छ ।

जोरपाटीको अत्तरखेलमा घरटहरा बनाई अवैध रक्सी उत्पादन एवम् बिक्री गर्दै आएकालाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले नियन्त्रणामा लिएको हो ।

प्रहरीले अत्तरखेलकी कान्छी लामा, शोभा लामा, बुद्धकुमारी लामा, पासाङ लामा र सीता मगरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनको साथमा रहेको १८० लिटर रक्सी, रक्सी बनाउने १२ वटा भाँडा र रक्सी उत्पादन गर्ने दुई हजार ६०० लिटर कच्चा पदार्थसमेत बरामद गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us