तुलसी गिरीलाई पार्टीमा भित्र्याउनेले अब पनि धोका खान्छन् : कांग्रेस नेता जोशी

काठमाण्डु टुडे २०७० माघ २४ गते ११:२१ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २४ माघ – नेपालीक कांगेसका पुराना नेता रामहरि जोशीले कांग्रेसको नेतृत्वले बेलैमा नसोचे धोका खाने बताएका छन् ।

विगतमा पनि आफूले भनेको नमान्दा नेतृत्वले धोका पाएको भन्दै जोशीले अब पनि त्यस्तै अवस्था आउने दावी गरे ।

‘विगतमा मैले तुलसी गिरीलाई पार्टीमा नभित्र्याउँ, धोका हुन्छ भनेको थिएँ,’ जोशीले भने, ‘मैले भनेको नमान्दा बिपी कोइरालाले पनि धोका पाउनुभयो र कांग्रेस पनि समस्यामा फस्यो ।’

काठमाण्डुमा भएको कार्यक्रममा जोशीले अब पनि बेलैमा बुद्धि नपुर्‍याए वर्तमान नेतृत्वले त्यस्तै धोका खाने चेतावनी दिए ।

उनले अहिलेको नेतृत्वले दीर्घकालिन रुपमा नसोच्दा समस्या देखिनेगरेको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us