शीतकालीन ओलम्पिकमा ६० मुलुकका प्रतिनिधि सहभागी हुँदै

काठमाण्डु टुडे २०७० माघ २४ गते १०:५८ मा प्रकाशित

काबुल, २४ माघ–अफगानिस्तानका राष्ट्रपति हमिद कारजायी शुक्रबार रसियातर्फ प्रस्थान गरेका छन । उनी रसियामा हुन लागेको शीतकालीन ओलम्पिकको उद्घाटन कार्यक्रममा सहभागिताका लागि त्यसतर्फ प्रस्थान गरेका हुन ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको औपचारिक निमन्त्रणमा त्यहाँ हुन लागेको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागिताका लागि राष्ट्रपति हमिद लागेको अफगानिस्तानको राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उनीसँग अफगानिस्तानका उच्च पदस्थ सरकारी अधिकारीहरुको टोली पनि रहेको सो विज्ञप्तिमा जनाइएको छ । रसियाको सोची सहरमा सो ओलम्पिक खेलकूद हुन लागिरहेको छ । सो सहरमा शुक्रबारदेखि नै उक्त खेलकूदको आयोजना हुन लागिरहेको हो ।
यो ओलम्पिक २२ औं शीतकालीन ओलम्पिक हो । उक्त खेलको उद्घाटन समारोहमा विश्वका कम्तीमा पनि ६० देशका नेता तथा सरकारी प्रतिनिधिले सहभागिता जनाउने जानकारी गराएका छन् ।
सो समारोहमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको पनि सहभागिता रहने बताइएको छ ।
अफगानिस्तानका राष्ट्रपति कारजायीले सो समारोहमा सहभागिताका क्रममा चिनियाँ राष्ट्रपति, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र महासचिव बानसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जानकारी दिइएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us