अपांग समुदायद्वारा प्रतिनिधित्वको माग

काठमाण्डु टुडे २०७० माघ २४ गते ८:२३ मा प्रकाशित

Apangaकाठमाण्डु, २४ माघ – संविधानसभामा अपागता भएका व्यक्तिहरुको प्रतिनिधित्वको माग गर्दै राष्ट्रिय अपांग महासंघले रिले अनसन सुरु गरेको छ ।

महासंघले सरकारले मनोनयन गर्ने २६ जनामा आफूहरु पर्नुपर्ने माग गर्दै बुधबारदेखि काठमाण्डुको भद्रकालीमा रिले अनसन सुरु गरेको हो।

समानुपातिक र प्रत्यक्षतर्फको सभासद् सूचिमा कुनै पनि राजनीतिक दलहरुले अपांगलाई सहभागी नगराएको भन्दै अब सरकारले मनोनयन गर्ने २६ जनामा कम्तीमा ४ जना पर्नुपर्ने उनीहरुको माग छ।

पहिलो संविधानसभाका ६ सय १ मध्ये एकीकृत नेकपा माओवादी र नेकपा संयुक्तबाट गरि दुई जना सभासद्ले अंपागहरुको प्रतिनिधित्व गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us