एमालेलाई सहमतिमा ल्याउन काँग्रेस प्रयासरत

काठमाण्डु टुडे २०७० माघ २४ गते ४:२८ मा प्रकाशित

congress and umlकाठमाण्डु, २४ माघ – बहुमतीय सरकार गठनको कसरतमा रहेको नेपाली काँग्रेसले नेकपा एमालेलाई सहमतिमा ल्याउन शुक्रबार पनि प्रयास गर्ने भएको छ ।

पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार गठनका विषयमा शुक्रबार एमाले शीर्ष नेताहरुसँग छलफल हुने काँग्रेसले जनाएको छ । शीर्ष तहमा छलफल गरेर सहमतिमा पुग्ने प्रयास भइरहेको स्रोतले बतायो ।

राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनसहित आकर्षक मन्त्रालयहरुको बारगेनीङ गरिरहेको एमालेले आफूले भनेजस्तो नभए सरकारमा नजाने बताउँदै आएको छ । यता नेपाली काँग्रेस भने संविधान जारी नगर्दासम्म राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न नसकिने अडानमा छ ।

यसअघि सहमतिका आधारमा सरकार गठन गर्ने प्रयास असफल भएको थियो । काँग्रेस सकेसम्म धेरै दलको सहभागितामा सरकार गठन गर्ने प्रयासमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us