ट्रायल फेल भएको भोलिपल्टै लाइसेन्स !

काठमाण्डु टुडे २०७० माघ २४ गते २:११ मा प्रकाशित

Nepali-Drivers-Licence-Translation-to-Englishकञ्चनपुर, २४ माघ – सवारी चालक अनुमतिपत्र वितरण गर्दै आएको यातायात व्यवस्था विभागले अघिल्लो दिन परीक्षामा सामेल भई फेल भएका एक चालकलाई भोलिपल्टै सवारी चालक अनुमतिपत्र दिएको रहस्य सार्जजनिक भएको छ ।

नुवाकोट गणेशस्थानका लालकुमार अधिकारीले सवारी चालक अनुमतिपत्र लिनका लागि दिएको ट्रायलमा अघिल्लो दिन फेल भए पनि विमागले भोलिपल्ट उनलाई लाइसेन्स दिएको प्रमाण फेला परेको छ ।

गत साउन १४ गते अधिकारी सवारी चालक अनुमतिपत्रका लागि दिएको ट्रायलमा फेल भए पनि त्यसको भोलिपल्ट यातायात व्यवस्था विभागले उनलाई घूस लिएर लाइसेन्स दिएको सोही कार्यालयका एक अधिकारीले जानकारी दिए ।

विभागका प्रमुख जय घिमिरेले नै अधिकारीलाई लाइसेन्स दिन अनुरोध गरेअनुसार लाइसेन्स दिएको बताइएको छ । ट्रायलमा फेल भए पनि लाइसेनस पाउने अधिकारीको लाइसेन्स नम्बर ०६-४६३०७३ रहेको छ ।

लाइसेन्स ट्रायलको निगरानीका लागि ट्राफिक प्रहरीका प्रहरी निरीक्षक, विभागका मेकानिकल इन्जिनियर र विभागका एक अधिकृत खटिने गरेको भए पनि ट्रायलमा फेल भएका व्यक्तिलाई लाइसेन्स दिएको प्रमाण फेला परेपछि अहिले विभागमासमेत हल्लीखल्ली मच्चिएको छ ।

– नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us