धनगढीको चौराहामा सिसिटिभी जडान

काठमाण्डु टुडे २०७० माघ २४ गते १:५६ मा प्रकाशित

CCTV-Camera_2धनगढी, २४ माघ – शान्ति सुरक्षा चुस्त र सुदृढ पार्न नेपाल प्रहरीले धनगढीको ट्राफिक चौराहमा सिसिटिभी क्यामरा जडान गरेको छ ।

आपराधिक घटना नियन्त्रण गर्न, सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन तथा प्रविधिमा आधारित सुरक्षा प्रणालीमा जोड दिन सिसिटिभीको प्रयोगले सघाउ पुग्ने विश्वास लिइएकोे सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले बताए ।

सिसिटिभी क्यामरा जडानको शुभारम्भका अवसरमा चन्दले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र जनता एकबद्ध भएर अघि बढ्नुपर्ने बताए । हाल ट्राफिक चौराहका चार स्थानमा क्यामेरा जडान गरिएको छ ।

आफ्नै स्रोत साधन जुटाई करिब एक लाख पचास हजारको लागतमा उक्त क्यामेरा जडान गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us