संसद बैठकबाट ६ अध्यादेश पारित

काठमाण्डु टुडे २०७० माघ २२ गते १३:५६ मा प्रकाशित

New Banesworeकाठमाण्डु, २२ माघ– सरकारले व्यवस्थापिका–संसदमा प्रस्तुत गरेका छवटा अध्यादेशमध्ये एउटा सर्वसम्मत र पाँच सामान्य छलफलपछि बहुमतले पारित भएको छ ।

संसदको बुधबारको बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रस्तुत गरेको संविधानसभा निर्वाचन अध्यादेश २०७०, निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, संविधानसभा निर्वाचन अध्यादेश २०७० र संविधान सदस्य निर्वाचन (दोस्रो संशोधन) अध्यादेश २०७० स्वीकृत गरियोस्भन्ने प्रस्तावलाई बहुमतबाट पारित गरेको थियो ।

यसैगरी, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बैठकमा प्रस्तुतसम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण दोस्रो संशोधन अध्यादेश २०७० र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण तथा जफत) अध्यादेश २०७० सम्बन्धी प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ ।

यसअघि गृहमन्त्री घिमिरेले प्रस्तुत गरेका ‘निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९’ माथि सभासद् प्रेम सुवालले प्रश्न उठाउँदै सो अध्यादेशमा रहेको मतदाताको उमेरको हद १८ बाट घटाएर १६ पुर्‍याउनु पर्ने माग गरेका थिए ।

उनले ‘निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९’ लाई अस्वीकार गरियोस् भनी गरेको प्रस्तावलाई भने बैठकले अस्वीकृत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us